एजेन्सी– अष्ट्रेलिया भ्रमणमा रहेको श्रीलंकाले दोस्रो टेष्ट खेलमा अष्ट्रेलियालाई सामान्य विजयी लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभरमा अल आउट हुँदै १ सय १७ रन बनाएको हो।
श्रीलंकाको ब्याटिङमा कुशल परेराले सर्वाधिक २७ रनको योगदान दिए। उनले १९ बलमा २ चौका १ छक्का हानेका थिए। अर्का ब्याट्सम्यान डनुस्का गुनाथिलाकाले २१ बलमा २२ तथा अभिष्क फर्नान्डोले १७ रन बनाए।
अष्ट्रेलियाको बलिङतर्फ चार बलरले समान २–२ विकेट लिए। आदम ज्याम्पाले ४ ओभरमा २० रन खर्चिएर २ विकेट, बिल्ली स्टान्लोकले ४ ओभरमा २३ रन दिँदै २ विकेट हात पारेका थिए।
जितको लागि अष्ट्रेलियाले २० ओभर र १० विकेटको साथ १ सय १८ रन बनाउनु पर्नेछ। त्यसको लागि अष्ट्रेलिया जवाफि ब्याटिङ गर्दैछ।