एजेन्सी — २०७६ अमेरिकाको क्यालिफर्नियामा गोली चल्दा तीनजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
द लस एजल्स टाइम्सका अनुसार उक्त घटनालगत्तै प्रहरीले घटनास्थलमा पुगेका थिए। प्रहरीले आक्रमणकारीलाई पक्राउ गरे पनि परिचय सार्वजनिक गरेको छैन।
घटना मंगलबार बेलुका पौने ११ बजे भएको थियो। प्रत्यक्षदर्शीका अनुसार उक्त ठाउँमा पार्टी चलिरहेको थियो। ४७ वर्षीय ओसवाल्डो मोरलेसका अनुसार आक्रमणकारीले १७ पटकसम्म गोली हानेका थिए।
अमेरिकामा वैधानिक रूपमा पेस्तोल राख्ने कानुन रहेको छ। यसकारणले पनि जनतामा त्रास भने कायम छ।