काठमाडौं– विलियम हेनरी (बिल गेट्स) (जन्म २८ अक्टुबर १९५५) एक अमेरिकी ब्यापारी, आविष्कारक तथा माइक्रोसफ्ट कम्पनीका संस्थापक अध्यक्ष हुन्। उनी विश्वकै दोस्रो धनी व्यक्ति हुन्। उनले ३० वर्षको उमेरमा लखपति बन्ने सपना देखेका थिए तर ३१ वर्षको उमेरमा नै उनी करोडपति बन्न सफल भए।
हावर्डमा पढ्दा उनले अलटायर मिनी कम्प्युटरबारे एउटा आर्टिकल पढेका थिए। उक्त आर्टिकल पढे पछि उनले पढाई छाडेका थिए। त्यस पछि २० बर्षको उमेरमा सन् १९७५ मा उनी र पाउल एलेन मिलेर माईक्रसफ्टको स्थापना गरे जुन विश्वभरकै पिसी सफ्टवयर कम्पनी बन्न सफल रह्यो। सन् १९८७ मा नै उनी फोब्र्स म्यागजिनले जारी गर्ने विश्कै धनी व्यक्तिहरुको सुचीमा परेका थिए।
सन् १९९४ देखि २००७ सम्म उनी विश्वकै धनी व्यक्तिको पहिलो स्थानमा रहन सफल रहे। सन् २००९ मा उनी पुन धनी व्यक्तिको पहिलो सुचीमा परे। सन् २००९ देखि २०१४ सम्ममा उनको सम्पति दुई गुणा भन्दा बढी भईसकेको थियो। सन् १९१७ को सुचीमा हर्ने हो भने पनि उनी विश्वका धनी व्यक्तिको सुचीको पहिलो स्थानमा रहेका छन्। उनको सम्पति ८५.६ बिलियन अमेरिकी डलर रहेको थियो।
सन् २०१८ को सुचीे अनुसार, विश्वकै धनी व्यक्तिको पहिलो स्थानमा जेफरी प्रेस्टन (जेफ) बेजोस (जन्म १२ जनवरी १९६४) अमेजन संस्थापक तथा मुख्य कार्यकारी अधिकारी रहन सफल भए। उनको सम्पति ११०.७ बिलियन अमेरिकी डलर रहेको छ। उनीपछि दोस्रो नम्बरमा रहेको बिल गेट्सको १०३.५ बिलियन अमेरिकी डलर रहेको छ। यो पटक भने गेट्स दोस्रो स्थानमा पुगे।
बिल गेट्सको सफलताको रहस्य के हो? भन्ने कुराको सबैमा जिज्ञासा उठ्न सक्छ। यहाँ बिल गेट्सलाई सफल बनाउने बानीहरु उल्लेख गरिएको छ।
१. अध्यनशील
बिल गेट्स हावर्ड ड्रपआउट हुन भनेर धेरै प्रख्यात छन् तर उनि र उनको साथीले सफ्टवेयर कम्पनीको क्षेत्रमा देखेको सम्भावनाकै कारण उनी हावर्डबाट निस्किएका हुन्। वास्तवमा उनलाई पढ्नमा एकदमै रुचि थियो। उनी विभिन्न क्षैत्रको ज्ञान लिन सधै तत्पर रहन्थे। यही कुरा नै बिल गेट्सको राम्रो पक्ष थियो। आफुलाई रुचि लाग्ने कक्षामा बस्न सकियोस् भनेर भुइँ बडार्ने, सफा गर्ने जस्ता काम पनि गर्थे उनी।
२. उनी सबै किसिमका किताब पढ्छन
उनी विभिन्न खालका पुस्तकहरु पढ्थे। एउटा अन्तर्वार्तामा उनका बुबाले भनेका छन् ‘उ हरेक खालको किताब पढ्छन्। शब्दकोश, विज्ञान, आख्यान, तपाईंले जुनसुकै क्षेत्रको पुस्तक दिनुस।’ उनको पढ्ने बानी यत्ति भयानक भयो कि पछि उनका बुबाआमाले खाना खाने बखतमा टेबलमा पढ्न नपाइने नियम बनाउनु परेको थियो। उनी हरेक वर्ष आफुले पढेका पुस्तकको सुची बनाएर प्रकाशित गर्छन्।
३. उनी आफ्नो निर्णयमा विश्वास गर्दछन्
कुनै पनि व्यवसायको थालनी गर्दा अरुको कुरा सुन्नाले हामीलाई आफ्नो व्यवसायलाई माथि पुर्याउन सहयोग गर्दछ। तर यदी तपाई बिल गेट्स जसरी काम गर्न र गेट्सजस्तै सफल हुनु चाहनुहुन्छ भने कुनै पनि निर्णय लिदा सर्वप्रथम आफैलाई साध्नुहोस्। आफ्नो निर्णयमा यतिसम्म अडिग रहनुहोस् कि पुरै संसारले तपाईको निर्णयलाई गलत भने पनि विमुख नहुनुहोस्। बिल गेटसले निर्णय गर्दा अरुले भनेको कुरा सुन्दैनथे। आफुलाई जे सहि लग्यो त्यहि गर्थे।
४. सफलताको श्रेय उनी कहिल्यै एक्लै लिँदैनन्
एउटा अन्तर्वार्तामा ‘मलाई लाग्छ मैले आफ्नो विजनेसमा राम्रो निर्णय लिएर भन्दा पनि राम्रा मान्छेलाई साथमा लिएर काम गरे।’ त्यसबेला उनको र एलेन बिचको सम्बन्ध धेरै नै बिग्रिएको थियो। तरपनि उनले आफ्नो सफलताको श्रेय आफ्नो साथीलाई दिन बिर्सेनन्। हामीले आफुलाई उचाइमा पुर्याउने र आफ्नो प्रचार गर्ने काम गर्नु पर्छ तर साथसाथै आफुले प्राप्त गरेको सफलतामा आफ्ना सहकर्मीलाई भुल्नु हुँदैन।
५. पैसाको मामिलामा गेट्स निकै अन्धविश्वासी छन्
सन् १९९८ मा एउटा अन्तर्वार्तामा उनले भनेका थिए, ‘म ब्याङ्कमा एक वर्षको घाटालाई व्यहोर्न सक्ने पैसा जम्मा गर्छु यद्यपि हामीले केही नोक्सान व्यहोर्न नपरेपनि। यो आजसम्म गलत साबित भएको छैन।’ उनले थपे, ‘हामीसँग अहिले अर्को एक वर्षमा हुन सक्ने घाटालाई व्यहोर्न दस बिलियन अमेरिकी डलर छ र यो रकम एक वर्षका लागि प्रयाप्त रकम हो।’
६. उनी गल्तिबाट चाँडै सिक्छन्
सन् २००८ को एउटा अन्तर्वार्तामा माइक्रोसफ्टमा भएको गल्तीलाई आफु र आफ्नो टिमले चाँडै पहिचान गर्न सकेकोमा सबैलाई धन्यवाद व्यक्त गर्दै बिल गेट्सले भनेका थिए, ‘ओहो हामीले अपनाई रहेको तरिकाले काम गरिरहेकोे छैन, यो समस्यालाई अब नयाँ दृष्टिकोणबाट हेर्नु पर्छ।’ उनले आजका दिनसम्म धेरै गल्ति गरेका छन् र उनले तीनै गल्तीबाट सधंै सिकेका पनि छन्।
७. आफू के गर्दै छु भन्ने कुरामा उनी धेरै सचेत रहन्छन्
हामी मध्ये धेरै काम बिग्रनुको पछाडी धेरै काम एकै समयमा गर्नु परेको कारणले हो भनेर सोच्छौ। तर गेट्स यस्तो विश्वास गर्दैनन्। एकै समयमा जतिसुकै काम गरे पनि ‘कन्सनट्रेसन’ भयो भने गल्ति हुने सम्भावना धेरै कम हुने कुरामा विश्वास गर्छन्। गेट्स कुनै पनि काम गर्दा निकै चनाखो हुन्छन्। उनी एकै समयमा भिन्दाभिन्दै किसिमका काम गर्छन्।