एजेन्सी– अष्ट्रेलिया भ्रमणमा रहेको श्रीलंकाले दोस्रो टेष्ट पनि पराजित भएको छ। अष्ट्रेलियाले श्रीलंकालार्ई ९ विकेटले हराएको हो। श्रीलंकाले दिएको १ सय १८ रनको विजयी लक्ष्य अष्ट्रेलियाले १३ ओभरमा १ विकेटको क्षतिमा भेट्टाएको हो।
अष्ट्रेलियाको जितमा डेविड वार्नर र स्टेभेन स्मिथले विष्फोटक ब्याटिङ गरे। वार्नरले ४१ बलमा ९ चौकाको मद्धतमा ६० रन बनाए भने स्मिथले ३६ बलमा ६ चौका हान्दै ५३ रन बनाए।
श्रीलंकाको बलिङमा कप्तान लासिथ मालिङ्गाले ३ ओभरमा २३ रन खर्चिएर १ विकेट लिए। अन्य बलरहरुले खासै प्रभाव जमाउन सकेनन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले १९ ओभरमा अल आउट हुँदै १ सय १७ रन बनाएको हो। श्रीलंकाको ब्याटिङमा कुशल परेराले सर्वाधिक २७ रनको योगदान दिए। उनले १९ बलमा २ चौका १ छक्का हानेका थिए।
अर्का ब्याट्सम्यान डनुस्का गुनाथिलाकाले २१ बलमा २२ तथा अभिष्क फर्नान्डोले १७ रन बनाए। अष्ट्रेलियाको बलिङतर्फ चार बलरले समान २–२ विकेट लिए। आदम ज्याम्पाले ४ ओभरमा २० रन खर्चिएर २ विकेट, बिल्ली स्टान्लोकले ४ ओभरमा २३ रन दिँदै २ विकेट हात पारेका थिए।