काठमाडौं– स्वास्थ्यमा समस्या आएपछि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला डायलासिस गरिने भएको छ। उनको स्वास्थ्य परिक्षणपछिको रिपोर्ट उपचारमा संलग्न चिकित्सकहरुले विश्लेषण गरेपछि उक्त निस्कर्षमा पुगेको बताइएको छ।
बिहान ९ बजे ग्राण्डी अस्पताल पुगेका ओलीको रगतमा युरिया र क्रेटेनिनको मात्रा अस्वभाविक रुपमा बढेपछि मिर्गौला डायलासिस गर्नुपर्ने भएको उपचारमा संलग्न डाक्टरले बताएका छन्। बुधबार राति नै मिर्गौला डायलासिस गर्नका लागि आवश्यक परीक्षण भइरहेको ग्राण्डी अस्पतालको उच्चस्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री ओलीको सबै रिपोर्टहरु उनकी नीजि चिकित्सक डा.दिव्या सिंह शाह र अर्का चिकित्सक डा.दिलिप शर्माबाहेकलाई हेर्न दिइएको छैन। अस्पतालका अनुसार उनलाई आईसीयूमा राखेर उच्च सतर्कताका साथ उपचार गरिँदै छ।
यसअघि शिक्षण अस्पतालमा उपचार गराएका उनकोे स्वास्थ्यको सबै रिपोर्टहरु सार्वजनिक हुन सक्ने भन्दै गोप्यता कायम गर्न ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो। प्रधानमन्त्रीका प्रेस सल्लाहकारले यसअघि प्रधानमन्त्री बालुवाटार फर्कने सम्भावना रहेको बताएका थिए। तर हालको लागि उक्त सम्भावना भने सकिएको छ।
प्रधानमन्त्रीकाे निजी डाक्टर र ग्राण्डी अस्पतालकाे विज्ञप्तिः
