काठमाडौं– नेपाली युवा दिनेश शर्माले अमेरीकामा स्वर्ण पदक जितेका छन्। अमेरीकाको न्यु जर्सीमा अन्तर्राष्ट्रिय मार्शल आर्टस् गेम्समा उनले स्वर्ण पदक हात पारेका हुन्।
२४—३४ उमेर समूहका शर्माले स्प्यारीङतर्फ अमेरीकाका एन्ड्रिउ सुतेलाई फाइनलमा ४ का विरुद्ध ५ अंकले पराजित गरेका हुन्। नेपालमा ४ पटक राष्ट्रिय च्याम्पियन भइसकेका शर्माले भारतमा भएको अन्तर्रा्िष्ट्रय च्याम्पियनसिपमा समेत स्वर्ण पदक जितेका थिए। अमेरिकामा प्रत्येक साल आयोजना हुने लिजेन्ड अफ द मार्शल आर्ट हल अफ फेममा शर्मा एक्स्ट्राअर्डिनरी मास्टर इन्स्ट्रक्टर अवार्ड हात पारेका छन्।
अन्तर्राष्ट्रिय मार्शल आर्टस् गेम्स एवं लिजेन्ड अफ द मार्शल आर्टस् हल अफ फेमका गुडविल एम्बेस्डर रहेका शर्मा तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका शर्मा नेपाल तेक्वान्दो महासंघका अध्यक्ष एवं नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिवसमेत हुन्।
अक्टोबर २५ देखि २७ सम्म ग्लोबल कोरीयन मार्शल आर्टस् महासंघले आयोजना गरेको गेम्समा सिनियर ब्ल्याक बेल्टमा स्वर्णपदक पाएका उनले नेपाललाइ विश्वसामु चिनाएका छन्।