काडमाडौं–यसपटक शनिबारदेखि वुधबारसम्म परेको तिहार बिदाको फाइदा तेश्रो हप्तामा चलिरहेको चलचित्र ‘छ माया छपक्कै’ र फ्रेस रिलिज ‘पोई पर्यो काले’ले राम्ररी उठाएका छन्।
विशेषगरि, चलचित्र ‘छ माया छपक्कै’ तिहारको बिदामा मल्टिप्लेक्समा सुखद व्यापार गर्न सफल छ। बुधबार पनि चलचित्रका अधिकांश शोजहरु भरिभराउ छन्। दिपेन्द्र लामा निर्दे्शित चलचित्र असोजको २४ गतेबाट रिलिज भएको हो।
काठमाडौंको कुमारी हलमा उपस्थित भएका कलाकार दिपक राज गिरी निकै खुशी खेखिन्थें साथै उनी सँग सेल्फी खिच्नेहरु सँग कस्तो लाग्यो भन्दै सोधिरहेका थिए।
सिंगलमा भन्दा मल्टिप्लेक्समा चलचित्रको व्यापार तेश्रो हप्तासम्म आइपुग्दा सुखद देखिएको छ। निर्माणपक्षले पनि मल्टिप्लेक्समा दर्शकको चाप उच्च रहेको उल्लेख गरेको छ। यस्तै, शिशिर राणा निर्दे्शित चलचित्र ‘पोई पर्यो काले’ सुरुवाती दिनमा सिंगल हलमा सुखद थियो। तर, तिहारको बिदामा चलचित्रले मल्टिप्लेक्समा पनि दर्शक बढाएको छ।
विशेषगरि, मंगलबार र बुधबार चलचित्रको व्यापार मल्टिप्लेक्समा सुखद देखिएको छ। मंगलबार भाइटिकाको दिनमा पनि चलचित्र हेर्न सिंगल र मल्टिप्लेक्स हलमा दर्शक भरिभराउ थिए। बुधबार परेको बिदामा पनि चलचित्रले राम्रो कलेक्शन गर्ने संकेत देखाएको छ। नायिका पूजा शर्मा मंगलबार काठमाण्डौका गोपीकृष्ण, अष्टनारायण लगायतका हल पुगिन्। यस्तै, नायक आकाश श्रेष्ठ चितवनका हलमा पुगेका थिए।
दर्शकको उच्च चापले दंग देखिएकी नायिका शर्माले चलचित्र रिलिज भएको पाँचौ दिनमा पनि यस्तो माया पाएको भन्दै खुशी जनाइन्। हातमा माईक बोकेर दर्शकको प्रतिक्रिया लिईरहेकी नायिका पुजा शर्मा बुधबार बेलुकी कुमारी हलमा सेल्फी खिच्दै रमाईरहेकी थिईन। हलमा नायिका पूजा शर्माको क्रेज गज्जब देखिएको छ ।
तिहारको बिदामा यी दुबै चलचित्रलाई बलिउड चलचित्र ‘हाउसफूल ४’को प्रभाव आंशिक परेको छ। तर, दुबै चलचित्रले बिदाको राम्रो सदुयोग गरेको देखिन्छ।