काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएकोमा ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन्। उनले फेसबुकमार्फत ज्ञानेन्द्रलाई बधाई दिएका हुन्।
प्रचण्डले लेखेका छन् ‘‘पारस खड्काको उद्यमी र जीवन्त भण्डारत्व अन्तर्गत नेपालले बंगलादेशमा टी २० विश्वकप खेलेको थियो र ओडीआईको मान्यता पनि पाएको छ। अहिले कप्तानीको जिम्मेवारी अर्को गतिशील खेलाडी ज्ञानेन्द्र मल्ललाई दिइएको छ।
कप्तान ज्ञानेन्द्रको नेतृत्वले पनि नेपाललाई अगाडि बढाउनेछ। आउँदो दिनमा नेपाली क्रिकेट नयाँ उचाइमा पुग्नेछ। ज्ञानेन्द्र तपाईंलाई नयाँ जिम्मेवारीको लागि बधाई छ र मलाई दृढ विश्वास छ कि तपाईंले आफ्नो जिम्मेवारीमा नेपाललाई अझै अगाडि लानु हुनेछ।’’
