काठमाडौं– चलचित्र ‘बादशाह जुट’ का नायक सुशिल श्रेष्ठले केही दिन अगाडि भनेका थिए कि, निरन्तर चलचित्र असफल हुँदा उनी डिप्रेशनमा पुगिसकेका थिए। कतै चलचित्र क्षेत्र नै छाडिदिउ भन्ने उनलाई लागेको थियो। उनै, सुशिल भोली शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘बादशाह जुट’ले एक पटक फेरि आफूलाई चम्काउने कुरामा आशावादी छन्।
जोनी सिंह राणाको निर्देशनमा तयार भएको चलचित्रमा सुशिलको साथमा आमिर गौतम, केइसा राउत लगायतका कलाकारको मुख्य भूमिका रहेकोछ। एक पत्रकार र एक सिपाहीको वादशाह बन्ने सपनालाई चलचित्रले प्रस्तुत गरेको छ। चलचित्रको बुकिङ समेत खुलिसकेको छ।
यो चलचित्र मल्टिप्लेक्समा कम शोजमा खुम्चिएको छ। यसैले पनि चलचित्रको व्यापार राम्रो हुनका लागि यसले लामो रेशको घोडा बन्न आवश्यक छ। असोज लागेसँगै नेपाली चलचित्रको व्यापार सुखद छ। कात्तिकमा रिलिज भएको चलचित्र ‘पोई पर्यो काले’ले अहिले पनि हलमा सुखद व्यापार गरिरहेको छ। हिजो बुधवार सम्म हल भरिभराऊ छन्।
‘कबड्डी कबड्डी कबड्डी र छ माया छपक्कै’ले बक्स अफिसमा नयाँ आयाम कोरेका छन्। यस्तो अवस्थामा ‘बादशाह जुट’को व्यापार सुशिलका लागि मात्र नभई, सिंगो चलचित्र क्षेत्रका लागि सुखद हुने आशा गरिएको छ।