एजेन्सी– पाकिस्तानको कराची सहरबाट लाहोरतर्फ गइरहेको यात्रुवाहक रेलमा आगलागी हुँदा कम्तीमा ४६ जना मारिएको बताइएको छ। पाकिस्तान रेलवेको तेजगाम एक्सप्रेसमा लियाकतपुर भन्ने ठाउँमा पुग्दा तीनवटा डिब्बामा आगलागी भएको थियो।
स्थानीय प्रहरी अधिकारीका अनुसार कम्तीमा ६० जना मारिएको पुष्टि भएको छ भने ३० जना घाइते भएका छन्। रेलमन्त्री शेख रसिद अहमदका अनुसार यात्रीहरूको साथमा खाना पकाउने सामान, सिलिन्डर तथा स्टोभ थिए। रेलमा सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। ती सञ्चारमाध्यममा उद्धृत गरिएका अधिकारीहरूका अनुसार जलिरहेको रेलबाट हाम फाल्न खोज्दा कतिपय मानिसको मृत्यु भएको थियो।
“दुईवटा स्टोभ पड्किए। उनीहरू खाना पकाउँदै थिए। उनीहरूको साथमा तेल पनि थियो जसले आगो झन् फैलन पुग्यो,’’ रेलमन्त्रीले भने। मन्त्रीका अनुसार लामो दुरीको यात्रामा रेलयात्रुहरू स्वयंले खाना पकाउन स्टोभ पनि ल्याउने गरेका छन्। दुर्घटनास्थल पन्जाब प्रान्तको दक्षिणस्थित रहिम यार खान नगरनजिकै रहेको छ।
–इन्जिनबाट छुट्टिएर यात्रुवाहक रेल उल्टो कुद्दा...
–कश्मीर सीमामा गोलाबारी, भारत र पाकिस्तानबीच आरोपप्रत्यारोप
–भारत र पाकिस्तान उच्चतम जल सङ्कट क्षेत्र, नेपाल पनि खतरामा बीबीसी