एजेन्सी– ओमानले सन् २०२० को टी–२० विश्वकप खेल्ने पक्का भएको छ। ग्लोबल छनोट खेलको चौथो प्ले अफमा हङकङलाई स्तब्ध पार्दै ओमानले विश्वकप यात्रा गर्ने निश्तिच गरेको हो।
बुधवार राति भएको खेलमा ओमानले हङकङलाई १२ रनले पराजित गरेको हो। जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन मात्र बनाएको थियो। हङकङका लागि स्कर्ट म्याक्केचनिले ४६ बलमा ५ चौका सहित सर्वाधिक ४४ रन बनाए।
अर्का ब्याट्सम्यान हारुन अशरदले २० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन्। ओमानलाई विश्वकपमा पुर्याउन बिलाल खानले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए। फयाज बट र खवर अलीले समान २ तथा मोहम्मद नदीमले १ विकेट लिएका थिए।
त्यस अघि टस जितेर ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३४ रन बनाएको थियो। ओमानका लागि जतिन्दर सिंहले अर्धशतकीय पारी खेले। उनले ५० बलमा ७ चौका सहित १ छक्का सहित ६७ रनबनाएका थिए। अमिर कलिम १७ नशिम खुशीले २६ रनको योगदान दिए। हङहङको बलिङमा नर्शुल्ला रानाले २ विकेट हात पारेका थिए।
योसँगै आगमी वर्ष अष्टेलियामा हुने टी–२० विश्वकपको लागि छनोट पुरा भएको छ। पप्पुवा न्युगिनी, आयरल्यान्ड, नेदरल्यान्ड,नामिबिया,ओमान र स्कटल्यान्डले विश्वकपमा स्थान बनाएका छन्।