सोल– उत्तर कोरियाका नेता किम जोङ अनले दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका आमाको निधन भएको भन्दै समवेदना सन्देश पठाएका छन्। किमले राष्ट्रपति मुनकी आमा काङ्ग हन्कोको निधनप्रति समवेदना प्रकट गर्दै सन्देश पठाएकाे दक्षिण कोरियाली राष्ट्रपति भवन ब्लू हाउसले बिहीबार जानकारी दिएको छ।
समवेदना पत्र बुधवार दिउँसो दुई कोरियाबीचको गाउँ पान्मुन्जोमा पठाइएको थियो। राष्ट्रपति मुन हाल आमाको अन्त्येष्टि कार्यका लागि देशको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा लगिएकाे छ।
किमले पठाउनु भएको समवेदना सन्देशमा राष्ट्रपति मुनको आमाको मृत्युप्रति गहिरो समवेदना प्रकट गर्नु भएको बताइएको छ। लामो समयदेखि बिरामी पर्नु भएका मुनकी आमाको ९२ वर्षको उमेरमा निधन भएको थियो। रासस