एजेन्सी– हाम्रो भान्सामा तरकारीमा हाल्नका लागि प्रयोग हुने मसला मध्ये एक हो, लसुन। लसुन हरेक प्रकारको भोजनमा प्रयोग गर्न सकिन्छ। खानामा स्वादका लागि मात्र होइन, लसुनले व्यक्तिलाई सुन्दर बनाउन पनि सहयोग गर्छ। अनि यसको लाभ कुनै औषधिको भन्दा कम छैन। आयुर्वेदमा त लसुनका हजारौँ उपयोगका सन्दर्भबारे उल्लेख गरिएको छ।
यो धेरै प्रकारको रोकथाम तथा उपचारमा प्रभावकारी हुन्छ। लसुनमा पाइने एन्टिअक्सिडेन्ट्सका कारण यसले हामीलाई मौसमी बिरामीबाट मात्र नभएर मधुमेह, मुटु रोग, पेटको संक्रमणबाट पनि बचाउन सक्छ। यतिमात्र होइन, यसले हाम्रो छालालाई पनि चम्किलो बनाउनुका साथै स्वस्थ राख्छ। युवायुवतीमा कालो वा सेतो दाग छालामा देखिएको छ भने पनि लसुनको पेष्ट लागउनाले यसबाट मुिक्त पाउन सकिन्छ।
१. लसुनले मानिसहरुको रक्त संचारलाई नियमित राख्छ,
२. लसुनमा हुने सेलेनियमले पुरुषको प्रजनन क्षमतामा विकास गर्छ,
३. पेटसँग सम्बन्धित समस्याहरु जस्तै झाडापखाला आदिको उपचारमा पनि लसुन प्रभावकारी मानिन्छ,
४. श्वासप्रश्वस प्रणालीलाई बलियो बनाउँछ,
५. लसुनमा क्याल्सियम हुन्छ, जसले हड्डी बलियाे बनाउँछ,
६. यसमा एन्टिब्याक्टेिरयल तत्व हुन्छ, जसले शरिरलाई सुरक्षित राख्दछ,
७. लसुनमा कार्बोहाइड्रेड हुन्छ, यसले कमजोरीलाई हटाउँछ र शरिरलाई ऊर्जावान राख्न सहयोग पु¥याउँछ।