काठमाडौं– पहिले–पहिले नेपाली कलाकारको झगडा र बोलचाल बन्दको कुरा एकदमै मिडियामा चर्चा हुन्थ्यो। अहिले पनि यस्ता कुराहरुको हल्ला कम भएको त छैन,तर केही नेपाली नायिकाहरुको मित्रता र सहकार्यको पनि राम्रै चर्चा हुन थालेको छ।
चलचित्र बजारमा नायिकात्रय केकी अधिकारी, रीमा विश्वकर्मा र बेनिशा हमालको मित्रताको चर्चा हुन्छ। तर, चलचित्रकर्मीको छनोटमा भने केकी र ऋचा बढी परेका छन्। रीमा र वेनिशाको करिअर चलचित्र बजारमा सुखद छैन।
असफल चलचित्र दिएपनि केकी र ऋचालाई चलचित्रको अभाव भने छैन। चलचित्र बजारमा केकी, बेनिशा र रीमाको चर्चा भएपनि चलचित्रमा काम गर्ने कुरामा भने यी तिन साथी अलग देखिएका छन्।
नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्रमा ऋचा शर्मा मुख्य नायिका थिइन्। नायिका रीमा विश्वकर्मालाई दर्शकले एउटा गीतमा भएपनि हेर्न पाए। धेरैको अपेक्षा बेनिशा हमाल पनि चलचित्रमा हुन्छिन् भन्ने थियो, तर त्यसो भएन। केकी, रीमा र ऋचा पर्दामा देखिए।
केकी अधिकार नै निर्माता रहेको ‘कमेडी च्याम्पिएन’ नामक रियालिटी शोमा पनि तीन नायिका देखिएका छन्। केकी निर्माता, ऋचा निर्णायक र रीमा कार्यक्रम संचालिकाको रुपमा यो शोमा छन् देखिएका छन्।
सन्तोष पन्तका छोरा साकार पन्तले निर्देशन गर्न लागेको चलचित्र ‘हिजो आजका कुरा’ को मुख्य तीन नायिका पनि केकी अधिकारी, ऋचा शर्मा र रीमा विश्वकर्मा नै हुन्। यी तिन नायिका एकसाथ अगाडि बढिरहेका छन्।
यसैले, अहिले केकी, रीमा र बेनिशाको भन्दा केकी, रीमा र ऋचाको मित्रताको चर्चा धेरै नै हुन थालेको छ।