काठमाडौं– राप्रपा अध्यक्ष कमल थापा सप्ताहब्यापी चीन भ्रमण सम्पन्न गरि आज स्वदेश फर्किएका छन्।
गत कार्तिक ८ गते आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगितामा भाग लिन चीन गएका थापाले टेनिस प्रतियोगिताको पहिलो खेलमा जितेका थिए भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै खुट्टाको पिडौंला र तिघ्रामा समस्या आई ढाडसम्म समस्या बढेपछि अस्वस्थ्यताका कारण बीचमै खेल छाडेका थिए।
थापालाई आज त्रिभुवन विमानस्थलमा नेता कार्यकर्ताहरुले स्वागत गरेको र उनको अहिले स्वास्थ सामान्य रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।