एजेन्सी–बलिउड सुपरस्टार सलमान खान केही समयदेखि रियालिटी शो ‘बीग बोस’ मा व्यस्त छन्। अर्को्तिर,उनी आफू अभिनित चलचित्र ‘दबंग ३’ को प्रचारमा पनि व्यस्त एकदमै व्यस्त देखिएका छन्। सलमानले बलिउडमा भैरहेको घटनाको खबर पनि राख्छन्।
सलमानको सामाजिक संजालमा लेखेको स्टाटसले निकै चर्चा पाइरहेको छ। उनले नायक साहरुख खानको विषयमा बोल्दै एक भिडियो पोष्ट गरेका छन्। नायक साहरुख खान अभिनित चलचित्र ‘ह्याप्पी न्यू इयर’ को एक गीतमा उनको कपडामा आगो लाग्छ। तर, साहरुख यो कुराको वेवास्ता गर्दै मुस्कुराउँछन्। सलमानले यही भिडियो इन्स्टाग्राममा शेयर गर्दै लेखेका छन्, ‘हिरो त्यो हुन्छ, जसले साच्चिकै आगोमा कुदेर अरु कसैको ज्यान बचाउँछ।’
सलमानले यो पोष्ट गर्नुको कारण साहरुखको बहादुरीपन नै हो। दिपावलीको अवसरमा नायक अभिताभ बच्चनको घरमा पार्टी आयोजना भएको थियो। उक्त पार्टीमा नायिका ऐश्वर्या रायको म्यानेजर अर्चनाको लेहेङ्गामा आगो सल्किएको थियो। साहरुखले आफूले लगाइरहेको ज्याकेट खोलेर अर्चनाको कपडामा लागेको आगो निभाएका थिए।
साहरुखको यो कामको अहिले सर्वत्र प्रशंसा भैरहेको छ। धेरैले उनलाई रियल हिरो पनि भनेका छन्। सलमानले पनि साहरुखको यही कामको प्रशंसा गर्दै भिडियो पोष्ट गरेका हुन्।