एजेन्सी– इमर्जिङ टिम्स एसिया कपमा नेपालको भिडन्त टेष्ट राष्ट्रसँग हुने पक्का भएको छ। पहिलो पटक एसिया कप खेल्न लागेको नेपाली सिनियर क्रिकेट टिम भारत र बंगलादेश रहेको समुहमा परेको छ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार निकालेको खेल तालिकामा नेपाल, भारत, बंगलादेश र हङकङ समुह ‘बी’ मा छन्। इमर्जिङ टिम्स एसिया कप नोभेम्बर १४ देखि २३ तारिखसम्म सञ्चालन हुनेछ। खेल ५० ओभरकाे खेलाइने छ।
नेपालको खेल तालिकाः
नोभेम्बर १४ मा भारतविरुद्ध
नोभेम्बर १६ मा हङकङविरुद्ध
नोभेम्बर १८ मा बंगलादेशविरुद्ध
