काठमाडौं– काठमाडौंको साँखुमा बस दुर्घटना भएको छ। उक्त दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् भने ४ दर्जन बढी घाइते भएका छन्।
सिन्धुपाल्चोकको गोर्खुभञ्ज्याङबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५०७० नम्बरको बस साँखुको जंगलमा दुर्घटना परेको थियो। महानगरीय प्रहरी प्रभाग साँखुका अनुसार मिठु विकसहित ३ जनाको ज्यान गएको छ।
घाइतेहरुकोे साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल र लाइफ केयर अस्पतालमा उपचार भइरहेको बताइएको छ। घाइतेमध्ये एक बालकको अवस्था गम्भीर छ। उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
बस दुर्घटना हुनुको कारण नखुलेको र त्यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।