भैरहवा– भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजका विद्याथीहरु आन्दोलनमा उत्रिएका छन्। कलेजले विभिन्न बाहानामा बढी पैसा असुलेको र त्यो पैसाा फिर्ता पाउनुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका छन्।
यसअघि पनि विभिन्न कलेजले अवैधानिक रुपमा विद्यार्थीबाट पैसा उठाउने गरेको भन्दै आन्दोलनहरु भएका थिए। युनिभर्सलका विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) मा अवैधानिक शुल्कबारे उजुरी गरेपनि त्यसलाई वेवास्ता गरेको बताइएको छ।
कलेजले बढी शुल्क लिएको र बिल नदिएको विद्यार्थीको आरोप छ। शुल्क फिर्ता पाँउ भन्दै विद्यार्थीहरु जिल्ला प्रशासन कार्यालय रूपन्देही पुगेको र प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले सरकारले निर्णय गरिसकेको विषय भएकाले बढी लिएको पैसा फिर्ता गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।
आन्दोलित विद्यार्थीलाई प्रशासनले कलेज प्रवेश गर्न दिएको छैन। सरकारले एक महिनाअघि त्रिविले तोकेभन्दा बढी पैसा लिएको भए फिर्ता दिन निर्देशन दिएको थियो तर मेडिकल कलेजहरूले त्यसलाई अटेर गरिरहेका छन्।