एजेन्सी– न्युजिल्यान्डको भ्रमणमा रहेको इंग्ल्यान्डले पहिलो टी–२० खेलमा जित निकालेको छ। पाँच टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा इंग्ल्यान्डले सहज जित हात पारेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको छ।
न्युजिल्यान्डलेदिएकोे १ सय ५४ रनको विजयी लक्ष्य इंग्ल्यान्डले १८.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको हा। इंग्ल्यान्डको पारीमा जेम्स भिन्सले सर्वाधिक ५९ रन बनाए। उनले ३८ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए। अर्का खेलाडी जोनी बेयरस्टो २८ बलमा ३५ रन जोडे भने कप्तान इओन मोर्गन २१ बलमा ४ चौका र १ छक्का सहित ३४ रन बनाए। न्युजिल्यान्डको बलिङमा स्पिनर मिचेल सान्टनरले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका थिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो।न्युजिल्यान्डका लागि रोस टेलोरले सर्वाधिक ४४ रन बनाएका थिए। उनले ३५ बलमा ३ चौका र १ छक्का हानेका थिए।
त्यस्तै टिम सेइफर्टले ३२ तथा डार्ल मिचेलले ३० रन बनाए। इंग्ल्यान्डका क्रिस जद्ररन २,साम करन,आदिल राशिद र प्याट्रिक ब्राउनले समान १ विकेट हात पारेका थिए।