काठमाडौं– नायक पल शाहसँग नाम जोडिएर हैरानी खेप्दै आएकी नायिका आँचल शर्मा र पललाई नेपाली चलचित्रमा आँप जोडी भनेर निकै चर्चा रह्यो। दर्शकहरुले उनीहरुकाे जाेडीलाई निकै रुचाएका छन्।
आँचलको तयारी अहिले चलचित्र ‘झिंगे दाउ’ का लागि मात्र छ। यो चलचित्रको लागि अहिले सेट निर्माणको काम अगाडि बढिरहेको छ। यसबाहेक आँचलले नयाँ चलचित्र साइन गरेकी छैनन्। उनी म्यूजिक भिडियोमा नै बढी मस्त छिन्।
तर, आँचलका सामाजिक सञ्जाल हेर्ने हो भने उनी प्रेमी उदिप श्रेष्ठसँग रमाएकी छिन्। आँचलको खुशी र उदिपसँगकाे तस्वीरले पनि यो कुरा झल्काउँछ। आँचल र उदिपको भेट १ बर्ष अघि भएको हो। यी दुइले त्यो भेटलाई सबैभन्दा खुशीको पल भनेका छन्।
आँचलले इन्स्टाग्राममा उदिपसँग १ बर्ष अघि भेट भएको दिन सम्झदै यो एक बर्ष निकै नै चाडो बितेको उल्लेख गरेकी छिन्। यतिमात्र होइन, उनले एकअर्कासँग जिन्दगीको सबैभन्दा मिठो १ बर्ष बिताएको भन्दै खुशी ब्यक्त गरेकी छिन्।
आँचलका सामाजिक सञ्जाल अहिले उदिपसँगका तस्वीरले नै भरिएका छन्। उदिप पनि आँचलसँग बिताएको १ बर्षलाई सबैभन्दा सुन्दर भन्न रुचाउँछन्। आँचल र उदिपले यसै बर्ष बिहे गर्ने चर्चा समेत नभएको होइन। तर, यी दुइले यो बिषयमा भने केही पनि बोलेका छैनन्।