एजेन्सी– इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान विजयी भएको छ। बिहीबार राति भएको खेलमा मिलानले एसपालविरुद्ध १–० को साँघघुरो जित निकालेको हो।
मिलानलाई जिताउन दोस्रो हाफमा सुसोले एकमात्र निर्णायक गोल गरेका थिए। रोमाञ्चक खेलमा दुबै टोलीले गोल गर्ने सुनौलो अवसरहरु पाएपनि गोल गर्न सकेका थिएनन्।
पहिलो हाफमा खेल गोलरहित बराबरीमा सकिएको थियो। प्रतिस्पर्धातमक खेलको ५७ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदमन पसेका सुसोले ६३ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि खेलमा अन्य गोलहरु हुन नसक्दा मिलानले नतिजा आफ्नो पक्षमा पारेको थियो।
यस जितसँगै मिलान १३ अंकका साथ १० औं स्थानमा उक्लिएको छ। पराजित एसपाल ७ अंकसहित १९औं स्थानमा छ।