विराटनगर — नेकपाबाट धरानको मेयरका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
धरान कमिटीको शुक्रबार बसेको बैठकले प्रकाश राई, फोक्वाहाङ चोत्लुङ (सुब्बा) र वेणु काफ्लेको नाम सिफारिस गरेको हो। जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीले उम्मेद्धवारको टुंगो लगाउने नेकपा धरान कमिटी अध्यक्ष नारायण सुवेदीले जानकारी दिए।
प्रकाश र वेणु पूर्वएमाले हुन्। फोक्साहाङ पूर्वमाओवादी हुन्। सिफारिसमा परेका तीनैजना पार्टीको जिल्ला सदस्य हुन्। मेयरको उम्मेदवारका लागि केन्द्रीय सदस्य किरण राई, प्रदेश सदस्य विजय राई पनि दाबेदारका रुपमा प्रस्तुत भएका थिए। तर पार्टी कमिटीले उनीहरुलाई उम्मेदवार नै सिफारिस गरेन।