एजेन्सी– बलिउडकी चर्चित अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन आज आफ्नो ४६ औं जन्मदिन मनाउँदैछिन्। सो अवसरमा ऐश्वर्यालाई उनका श्रीमान् अभिषेक बच्चनले निकै रोमिान्टक तरिकाले शुभकामना दिएका छन्।
अभिषेकले लेखेका छन् ‘जन्मदिनको धेरै धेरै शुभकामना, प्रिन्सीपेसा’। उनले आफ्नी जीवनसाथीलाई राजकुमारी भन्दै शुभकामना दिएका हुन्। विश्व सुन्दरीको ताज पहिरिसके पछि बलिउडमा प्रवेश गरेकी ऐश्वर्या केही बर्ष अघिसम्म नम्बर १ नायिकाको स्थानमा थिइन्। तर, बिहेपछि उनको करिअर कमजोर बन्यो र उनलाई अन्य नायिकाले उछिने।
ऐश्वर्या अहिले पनि ठूलो पर्दामा सक्रिय छिन्। तर, उनको धमकेदार चलचित्र भने अझै आएको छैन। उनी, अब निर्देशक मणिरत्नमको नयाँ चलचित्रमा देखिने तयारीमा छिन्।
नायक सलमान खानको प्रेम सम्बन्धमा रहँदा सर्वा्धिक चर्चामा रहेकी यी सुन्दरीले पछि नायक अभिषेक बच्चनसँग बिहे गरेकी थिइन्। पर्दामा कम देखिएतापनि उनी फिल्मबाट हराएकी भने छैनन्।