काठमाडौं — ज्यान मार्ने उद्योग (तेजाब छ्यापी) मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत महाराजगंज अमरपुर्वन वडा नं ६ बस्ने दिलिप राज केशरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट सँयुक्त रुपमा खटिएको टोलीले बारा जिल्लाको जितपुर—सिमरा उपमहानगरपालिका भलोहीस्थितमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।
केशरीले २० वर्षकी बिन्दावासिनी कंसाकारलाई तेजाब छ्यापी घाईते बनाएको थियो। केशरीलाई कार्यालयमा लगि आवश्यक अनुसन्धान कार्य गरिरहेको जनाइएको छ।