एजेन्सी— बलिउड सुपरस्टार शाहरुख खान नोभेम्बर २ मा आफ्नो जन्मदिन मनाउँदैछन्। उनको जन्मदिन मनाउँनका लागि विश्वभरबाट उनका फ्यान मुम्बई पुगिरहेका छन्। उनै, साहरुखले आफ्नो जन्मदिनमा नयाँ चलचित्रको घोषणा गर्ने तयारी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
अहिले साउथ चलचित्रका सफल निर्देशक एट्लीसँग शाहरुखले काम गर्न लागेको चर्चा समेत भारतीय मिडियामा चलिरहेका छन्। तर, शाहरुख र उनको टिमले यो बिषयमा केही पनि बोलेको छैन। यसैविच, नायक शाहरुख खानले एक चलचित्रमा केमियो भूमिका गर्ने पक्का भएको छ। नायक रणवीर कपुर र नायिका आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘ब्रम्हास्त्र’ मा साहरुखले केमियो भूमिका गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
शाहरुखको भूमिका छोटो भएपनि विशेष रहेको मिडियामा उल्लेख छ। उनले, केमियो सुटिङका लागि डिसेम्बरको समय दिएका छन्। रणवीर कपुरको फिल्मी यात्रालाई अगाडि लैजान चलचित्रमा शाहरुखको भूमिका विशेष रहेको भारतीय मिडियाले जनाएका छन्।
यस अगाडि पनि शाहरुखले रणवीर कपुरकै मुख्य भूमिका रहेको चलचित्र ‘ए दिल हे मुश्किल’ मा पनि केमियो भूमिका निर्वाहा गरिसकेका छन्।