एजेन्सी– अष्ट्रेलिया भ्रमणमा रहेको श्रीलंकाले तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा अष्ट्रेलियालाई मध्यम लक्ष्य दिएको छ। श्रीलंकाले अष्ट्रेलियालाई १ सय ४३ रनको विजयी लक्ष्य दिएको हो।
टस हारेर श्रीलंकाले पहिले ब्याटिङ गर्दै ६ विकेटकाे क्षतिमा १ सय ४२ रन बनाएको छ। श्रीलंकाको पारीमा कुसल परेराले अर्ध शतक बनाए। उनले ४५ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५७ रन बनाएका हुन्। त्यस्तै अभिष्का फ्रर्नान्डाले २० रन, भानुका राजपक्षले १७ रन बनाए।
अष्ट्रेलियाका केन रिचर्ड्सन, प्याट कमिन्स र मिचेल स्टार्कले समान २ विकेट लिए। अष्ट्रेलिया जवाफि ब्याटिङ गरिरहेको छ। जितका लागि उसले २० ओभर र १० विकेटको साथमा १ सय ४३ रन बनाउनु पर्नेछ।