एजेन्सी–लोभलाग्दो कथा छनोट गरेर छाएका बलिउड नायक हुन् आयुष्मान खुराना, एकपछि अर्को चलचित्रमा उनले गरेको भूमिकाको प्रशंसा हुने गरेको छ। दर्शकले पनि उनको चलचित्रलाई रुचाएका छन्।
उनै, आयुष्मान अभिनित नयाँ चलचित्र ‘गुलाबो सिताबो’ को रिलिज मिति तय गरिएको छ। यो चलचित्र सन् २०२० को फ्रेबुअरी २८ मा रिलिज हुने भएको छ। चलचित्रमा आयुष्मानले बलिउडका सदाबहार सुपरस्टार अमिताभ बच्चनसँग पर्दा शेयर गरेका छन्। अमिताभ र आयुष्मानको अनौठो गेटअपले पनि दर्शकहरुलाई चलचित्रप्रतिको कौतुहलता जगाएको छ।
सुजित सरकारको निर्देशनमा तयार भएको यो चलचित्रले अमिताभ र आयुष्मान विचको प्रेम र घृणाको कथालाई उठान गरेको छ। चलचित्रमा अमिताभको लुक्स सार्वजनिक भएपछि यसले चर्चा पाएको हो। दर्शकले निकै अाशा गरेकाे फिल्म पनि हाे याे।