काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन्। उनले मल्ललाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त भएकोमा बधाई दिएका हुन्।
ओलीले ट्विटरमार्फत बधाई दिएका हुन्। प्रधानमन्त्री ओलीले ज्ञानेन्द्रको कप्तानीमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वाससहित शुभकामना दिएका छन्।
यसअघि नेपाल कम्युनिष्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बधाई दिएका थिए।
