एजेन्सी– अष्ट्रेलिया भ्रमणमा रहेको श्रीलंकालाई अष्ट्रेलियाले टेष्ट क्रिकेटमा क्लिन स्विप गरेको छ। तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेसँगै तीनै खेल आफ्नाे पक्षमा पारेकाे हाे।
श्रीलंकाले दिएको १ सय ४३ रनका विजयी लक्ष्य अष्ट्रेलियाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको हो। अष्ट्रेलियाको जितमा डेविड वार्नरले अर्धशतक बनाए। उनले ५० बलमा ४ चौका र १ छक्का हानेका थिए। त्यस्तै कप्तान आरोन फिन्चले २५ बलमा ३७ रन बनाए। श्रीलंकाको बलिङमा लासिथ मालिङ्गाले, लहिरु कुमारा र नुवान प्रदीपले समान १ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाल१ सय ४२ रन बनाएको थियो। श्रीलंकाको पारीमा कुसल परेराले अर्ध शतक बनाए। उनले ४५ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५७ रन बनाएका हुन्। त्यस्तै अभिष्का फ्रर्नान्डाले २० रन, भानुका राजपक्षले १७ रन बनाए।
अष्ट्रेलियाका केन रिचर्ड्सन, प्याट कमिन्स र मिचेल स्टार्कले समान २ विकेट लिए। सिरिजकाे यसअघिकाे दुबै टी–२० खेल अष्ट्रेलियाले जितेकाे थियाे।