एजेन्सी–चर्चित बलिउड सुपरस्टार सलमान खान अहिले चलचित्र ‘दबंग ३’ को प्रचारमा व्यस्त छन्। चलचित्रको प्रचार अगाडि बढिरहेको समयमा सलमानले सन् २०२० को इदमा रिलिज हुने भनिएको चलचित्र ‘राधे’ को छायांकन सुरु गरेका छन्।
यो कुरा सलमान आफैले सामाजिक संजालबाट चलचित्रको छायांकन सुरु भएको खुलाएका छन्। चलचित्रलाई प्रभु देवाले निर्देशन गर्दैछन्। चलचित्रमा सलमानको साथमा नायिका दिशा पटानीले काम गर्ने भएकी छिन्। चलचित्रको शुभ साइत समारोहमा दिशाको पनि उपस्थित रहेको थियो।
यो एक कोरियन चलचित्रको रिमेक हो । चलचित्रमा रणदिप हुड्डाको पनि मुख्य भूमिका रहनेछ । नायक सलमान खानले इदमा चलचित्र रिलिज गर्ने शैलीलाई छाडेका छैनन् । यसपटक, उनी पर्दाको लोकप्रिय नाम ‘राधे’ लाई दर्शकमाझ ल्याउँदैछन् ।