दाङ–दाङमा वनभोज खाएर फर्कदै गरेका किशोर किशोरी चढेको ट्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ भने१७ जना घाईते भएका छन्।
गढवा गाउँपालिका वडा नं–६ चिल्लेका किशोर किशोरी बनभोजको लागी गढवा गाउँपालिका वडा नं– ५ चिसापानी पुगेका थिए। वनभोज पछी फर्कदै गर्दा वनभोज स्थल देखी दुई सय मिटर नजिक रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरका अनुसार मृतकहरुको पहिचान नखुलेको प्रहरीले जनाएको छ।घाईतेहरुलाई उपचारको लागी लमही अस्पतालमा ल्याइएको छ।