काठमाडौं– नायिका करिश्मा ढकाल सँग ‘किन दियौ दोष’ लोक दोहोरी गीतमा अभिनय गरेर चर्चामा आएका नायक पुष्कर बनेसा हाल दक्षिण कोरियामा बस्दै आएका छन्। सुदुर पश्चिमको डोटी जिल्ला निवासी पुष्कर नेपाली गीत संगीतमा काम गर्ने चाहाना हुँदा–हुँदै पनि विदेशिनु बाध्यता भएको बताउँछन्।
विशेषत नृत्य भन्दा पनि उत्कृष्ट अभिनयले निकै रुचाईएका उनी यूवाहरुको ढुकढुकी हुन्। कोरियाली पोशाक र कोरियाली ब्यक्तिसँग उनले सामाजिक सञ्जालमा पोष्ट गरिएका केही तस्बिरहरु हेरेर नेपाल पब्लिकले उनी सँग सोधेको प्रश्नको उनले जवाफ दिएका छन्। नेपाली कलाकार भएर कोरियामा निकै रमाईरहनु भएको छ, नेपाल र कोरिया मध्ये यहाँलाई कहाँ मन पर्छ? यही प्रश्नको जवाफ दिने क्रममा ‘उनले सबैको प्रदेश बसाईँ म जस्तै बाध्यता नै होला भने।’
आफ्नो देशमा रहेर काम गर्न जो कोहीलाई पनि मन मर्छ त्यसैले मलाई पनि मन पर्छ। विदेशमा नरामाएर के गर्नु यहाँ बसुन्जेल यसरी रमाउँनै पर्यो। हेर्दा कोरियन जीवन शैलीमा रमाईरहेको जस्तो देखिएता पनि मन नेपाली नै हो भने।
हजुरहरुले यसरी हामीलाई पर्दामा लगातार नदेख्दा पनि माया गरिदिनु भयो भने हामी केही समय टाढा भएपनि पुन आफ्नै काममा फर्किने उनले जानकारी दिएका छन्। अबको कोरिया बसाईँ धेरै नभएको कारण छिट्टै नेपाल फर्कने पनि उनले बताए। अभिनय बाहेक यहाँको रुचि भन्ने प्रश्नमा उनले गीत गाउन र गीतार बजाउन एकदमै रुचि भएको र एक्लोपन महशुस हुँदा खाली समय प्राय गीतार बजाउँदै बस्छु भने।