काठमाडौं _ चिनियाँ मोबाइल अपरेटरहरुले आफ्ना ग्राहकहरुका लागि फाइभ जी सेवा संचालनमा ल्याइएको छ।
चीनको सरकारी मोबाइल अपरेटर चाइना मोबाइल, चाइना युनिकम र चाइना टेलिकमले बिहीबार आफ्नो फाइभ जी प्लान घोषणा गरेका हुन्।
फाइभ पाँचौं जेनेरेशनको मोबाइल नेटवर्क हो। यसमा इन्टरनेटको गति निकै तीव्र हुने दाबी छ। चीनले भन्दा पहिले दक्षिण कोरिया, अमेरिका र बेलायतले यसै वर्ष आफ्नो देशमा फाइभ जी सेवा सुरु गरेका थिए।
समाचारहरुका अनुसार यो सेवा हाल चीनको ५० शहरमा सुरु भएको छ, जसमा बेइजिङ र शांघाई पनि छन्। सरकारी समाचार एजेन्सी सिन्हृवाकाअनुसार फाइभ जी डेटा प्लानको मूल्य १ सय २८ देखि ५ सय ९९ युआनसम्म छ। एजेन्सी