नुवाकोट _ बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा तीन वर्षीय बालकको हत्या भएको छ। स्थानीयवासी सुजन रानामगरको हत्या भएको हो।
रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले आज हत्या गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।
पर्वतीको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ। उनलाई प्रहरीले पक्राउ गरेको छ। बालकको शव परीक्षणका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको छ।