एजेन्सी– ला लिगा फुटबलमा शनिबार राति बार्सिलोना र लेभान्टेबीच प्रतिस्पर्धा हुँदैछ। लेभान्टेको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ मा शुरु हुनेछ।
लेभान्टेविरुद्ध खेलमा बार्सिलोना अघिल्लो सिजन बेहोरेको नमिठो हारको बदला लिने दाउमा हुनेछ। गत सिजन लेभान्टेले बार्सिलोनाको अपराजित यात्रालाई टुङ्याइदिएको थियो। ३६ खेलसम्म एक खेल नहारेको बार्सिलोना ३७ औं खेलमा लेभान्टेसँग ५–४ गाेलले पराजित भएको थियो।
उता अघिल्लो सिजन बार्सिलोनालाई स्तब्ध बनाएको लेभान्टे सोहि नतिजा दोहो¥याउने सोचमा छ। लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाइ पराजित गर्नु लेभान्टेको ठूलै उपलब्धि हुने अनुमान गरिएको छ।
बार्सिलोना र लेभान्टेले अहिलेसम्म २५ खेलमा प्रतिस्पर्धा गरिसकेका छन्। तीमध्ये बार्सिलोनाले १९ खेलमा जित निकालेको छ भने २ खेलमा पराजय भोगेको छ। ४ खेल बराबरीमा सकिएको थियो। अंक तालिका बार्सिलोना शीर्षस्थानमा रहेको छ भने लेभान्टे ११ औं स्थानमा छ।