काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक निर्देशकमा अस्ट्रेलियाका ग्यारी माइकल फिलिप नियुक्त भएका छन्। एन्फाले औपचारिक रुपमा फिलिपलाई स्वागत गरिसकेको छ।
फिलिपलाई पारिश्रमिक एसियाली फुटबल महासंघले दिनेछ। उनलाई एक वर्षका लागि निर्देशकको जिम्मेवारी दिइएको हो।अब नेपाली राष्ट्रिय फुटबल टिम, प्रशिक्षक, प्रशिक्षण कार्यक्रम र एन्फाको अन्य प्राविधिक पक्ष उनै फिलिपले सम्हाल्नेछन्। उनी अस्ट्रेलियाका पूर्व फुटबलर हुन्।
फिलिप सन् १९९७ मा फुटबलबाट संन्यास लिएपछि उनी सिड्नी ओलम्पिकका लागि प्रशिक्षक नियुक्त भएका थिए। मलेसियाको सुपर लिगको टिमको समेत प्रशिक्षक रहेका उनले सन् २०१५ मा पपुवा न्युगिनीको महिला राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मवारी सम्हालेका थिए।