एजेन्सी– इङ्ल्याण्ड र न्युजिल्याण्डबीचको टी–२० सिरिजको दोस्रो खेलमा न्युजिल्याण्डले जित निकालेको छ। पहिलो खेल गुमाएको न्युजिल्याण्डले दोस्रो खेल जितेसँगै ३ खेलकाे सिरिजमा १–१ को बराबरी भएको छ।
आइतबार बिहान भएको खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई २१ रनले पराजित गरेको हो। १ सय ७७ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्ड १९.५ ओभरमा १ सय ५५ रन बनाउँदै अलआउट भयो। इङ्ल्याण्डका लागि डेविड मलमानले सर्वाधिक ३९ रन बनाए। उनल२९ बलको सामना गर्दै २ चौका र २ छक्का हानेका थिए। च्रिस जोर्डनले १९ बलमा ३६ रन तथा कपप्तान इओन मोर्गनले १७ बलमा ३२ रनको योगदान दिए।
न्युजिल्याण्डको बलिङमा मिचेल स्यान्ट्नरले सर्वाधिक ३ विकेट सलए। उनले ४ ओभरमा २५ रन खर्चिएका थिए। त्यस्तै टिम सोउथी, लोकी फर्गुसन र इश सोधिले समान २ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो। उसका लागि जेम्स निसमले सर्वाधिक ४२ रनको योगदान दिए। उनले २२ बलमा २ चौका र ४ छक्का प्रहार गरे।
अर्का ब्याट्सम्यान मार्टिन गुप्तिलले २८ बलमा ४१ रन तथा कोलिन डीले २८ रन र रोश टेलोरले २८ रन बनाए। इङ्ल्याण्डको बलिङमा च्रिस मोर्गनले ४ ओभरमा २३ रन दिँदै ३ विकेट लिए। त्यस्तै शाम कुरमले ४ ओभरमा २२ रन दिँदै २ विकेट हात पारे।