काठमाडौ– अमेरिकाले पाकिस्तान लश्कर एतोयबा र जैश एमोहम्मद जस्ता आतंकवादी संगठनको आर्थिक स्रोत रोक्न विफल भएको निष्कर्ष निकालेको छ।
निष्कर्षमा अमेरिकी विदेश विभागले संसदको प्रस्तावमा सन् २०१८ मा तयार पारेको आतंकवादसँग सम्बन्धित वार्षिक रिपोर्टमा रहेको बीबीसीले जनाएको छ।
आतंकवादीलाई प्राप्त हुने वित्तीय सहयोगको निगरानी गर्ने एजेन्सी फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ)ले पनि ठोस कारबाही गर्न पाकिस्तालाई चार महिनाको समय दिएको थियो।
विश्वभर भइरहेको आतंकवादी गतिविधिबारे उल्लेख हुन्छ। साथै आतंकवादसँग जुध्न कुन देशले के गरिरहेको छ भन्ने कुरा पनि समेटिएको हुन्छ। यही रिपोर्टको आधारमा अमेरिकी संसदले बिभिन्न देशहरुलाई दिने आर्थिक सहयोगबारे निर्णय लिन्छ।
पछिल्लो रिपोर्ट अनुसार पाकिस्तानले दुई कुरा गरेको छैन। एक, आफ्नो भूमिमा भइरहेको आतंकवादी समूहविरुद्धको कारबाही न्यून छ। दोस्रो, पाकिस्तानमा आतंवादी समूहका लागि खुलेआम रकम संकलन गर्ने काम हुन्छ र त्यसलाई रोक्न सरकारले कुनै कदम चालेको छैन।
आतंकवादी संगठनको आर्थिक स्रोत रोक्न विफल भएको खबर आउनु पाकिस्तानका लागि अत्यन्त गम्भीर हो। किनभने यसको दुई हप्ता अगाडि मात्रै पेरिसस्थित एफएटीएफले गत वर्ष पाकिस्तानले गर्नुपर्ने २७ कुराहरु दिएको थियो, त्यसमध्ये २२ वटामा कुनै कदम चालिएन।
यदि सन् २०२० को फेब्रुअरी महिनासम्म पनि कुनै कदम नचालिएमा पाकिस्तान कालो सूचीमा पर्ने छ। कालोसूचीमा परेमा विदेशी आर्थिक सहायता, विदेशी ऋण पाउन मुस्किल हुने छ।
फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) एक अन्तर्रा्ष्ट्रिय संस्था हो, जसले आतंकवादीहरुको अर्थ संकलन रोक्ने कोसिस गर्दै आएको छ।दुई हप्ताको बीचमा आएका दुई अलग(अलग रिपोर्टबाट थाहा हुन्छ पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आतंकवादविरुद्ध ठूला(ठूला कुरा गरे पनि त्यसलाई रोक्न कुनै कदम चालेका देखिदैन्।