सुनसरी– सुनसरीमा नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–७ बाङगे गोसलाइनस्थित नहरमा सोही स्थान बस्ने ४० वर्षीया मेनुका राईको नहरको पानीमा डुबेर मृत्यु भएको हो।
शनिबार दिउँसो साढे २ बजेको समयमा उनलाई मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।