एजेन्सी– ईङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पुनरागमन जित निकालेको छ। शनिबार सम्पन्न खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–१ गोलले हराएको हो।
एस्टन भिल्लाको घरेलु मैदानमा भएको खेलमा भिल्लाले शुरुवाती अग्रता बनाएको थियो। भिल्लाको लागि २१ औं मिनेटमा ट्रजुगेटको गोल गरेका थिए। प्रतिस्पर्धात्मक देखिएको खेलमा पहिलो हाफमा अन्य गोल हुन सकेन।
पहिलो हाफमा १ गोलले पछि परेको लिभरपुलले दोस्रो हाफमा २ गोल गरेको थियो। खेलको ८७ औं मिनेटमा एन्डी रोर्बेट्सनले हेडमार्फत बराबरी गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए। बराबरीतिर धकेलिएको खेलको इन्जुरी समयमा साडियो मानेले हेडमार्फत गरेको गोलमा लिभरपुल विजयी भयाे।
जितसँगै लिभरपुल ३१ अंकको साथ शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २५ अंक छ।