एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिससँग बराबरी खेलेको छ। शनिबार राति भएको खेलमा मड्रिडले घरेलु मैदानमा गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।
मड्रिडले पाहुना टोलीलाई दबाबमा राखेपनि गोल गर्न सकेन। खेलको आठौं मिनेटमा इडेन हजार्डले गोल गरेपनि भिएआरको सहायताले गोलको मान्यता पाएन। १८ औं मिनेटमा टोनी क्रुसको प्रयास पनि असफल भयो। त्यस्तै खेलको २२ औं मिनेटमा नविल फकिर चुक्दा रियल बेटिसले अग्रता लिनबाट चुक्यो। ४३ औं मिनेटमा करिम बेन्जेमा र लुका मोड्रिचको पासमा कप्तान सर्जियो रामोसको हाफ भली सटलाई बेटिसका गोलरक्षक जोयल रोबलेसले बचाइदिए।
दोस्रो हाफमा पनि रियालले लगातार पोस्ट आक्रमण बुनेपनि गोल भने गर्न असफल भयो। दुबै टोलीले खेलमा राम्रो अवसरहरु पाएपनि सदुपयोग गर्न सकेनन्। अर्काे खेलमा पराजित बार्सिलोनालाई रियलले बराबरी खेलेसँगै शीर्षस्थानमै रहन मद्धत पुग्यो।
बार्सिलोनाको हारको फाइदा रियालले उठाउन सकेन। रियाल २२ अंक सहित दोस्रो स्थानमा यथावत छ। समान २२ अंक रहेपनि बार्सिलोना गोलअन्तरमा शीर्षस्थानमा छ। बेटिस भने १३ अंकसहित १४औं स्थानमा छ।