सिन्धुपाल्चोक– दोलखाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको छ। दोलखाको मागा देउरालीबाट काठमाडौं जाँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटे नजिकैबाट सुनकोसी नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बा२ख ७२७५ नम्बरको बस सडकबाट नदीमा खसेको हो। प्रहरीका अनुसार बसमा कति यात्री थिए भन्ने विवरण आएको छैन।
उद्धार गर्न प्रहरी घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ। बसका चालक धनबहादुर तामाङलाई प्रहरीले उद्धार गरेको छ। थप विवरण आउन बाँकी छ।