काठमाडौं– नायिका ऋचा शर्माकाे बिहेकाे मिति नजिकिँदै छ। उनले बिहेको तयारी गरिसकेकी छिन्। केही समयदेखि प्रेममा रहेकी यी सुन्दरीले अब भने बिहे गर्ने तयारी गरेकी हुन्। ऋचाको बिहे मंसिरमा हुने बुझिएको छ।
यसैविच, ऋचाले पोखरामा आफ्ना निकटका साथीहरुलाई निम्त्याएर ‘ब्याचलर पार्टी’ दिएकी छिन्। ऋचाले आयोजना गरेको पार्टीमा नायिका प्रियंका कार्की, केकी अधिकारी लगायत नायिकाहरु पुगेका थिए। पार्टीमा उनीहरुले निकै मस्ती गरेको तस्वीर सार्वजनिक भएको छ।
नायिका प्रियंका कार्कीले पनि आफ्नो इन्स्टाग्राममा ऋचाको ब्याचलर पार्टीमा सहभागी भएको उल्लेख गरेकी छिन्। ऋचा केही समयदेखि दिपेक्ष्य राणाको प्रेममा छिन्। ललितपुरमा रहेको लबिम मलका म्यानेजर समेत रहेका राणासँग ऋचाको प्रेम चर्चा केही समयदेखि चल्दै आएको छ। ऋचा अहिलेकी व्यस्त नायिकाको रुपमा परिचित छन्।
उनले सन्तोष पन्तका छोरा साकार पन्तले निर्माण गर्न लागेको चलचित्र ‘हिजो आजका कुरा’मा काम गर्दैछन्। योसँगै अब उनी बिहेको तयारीमा पनि देखिएकी छिन्।