काठमाण्डौ — सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो।
डा. कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको छ।
तर, त्रिविमा भन्दा डा. कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उहाँलाई अध्यक्ष नियुक्त गरिएको बताइएको छ।