एजेन्सी– इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले संघर्षपूर्ण जित निकालेको छ। टोरिनोविरुद्ध मैदान उत्रिएको युभेन्टसका लागि एकमात्र गोल म्याथ्थिज डि लेग्टले गरेका हुन्।
खेलमा युभेन्टसले दबदबा कायम गरेतापनि गोल गर्न भो मुस्किल परको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले केहि अवसरहरु पाएपनि गोल गर्न सफल भएनन्।
दोस्रो हाफमा युभेन्टसले एकमात्र निर्णयक गोल गरेको थियो। ७० औं मिनेटमा गोन्जालो हिगुआइनको पासमा डि लेग्टले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए। खेलमा त्यसपछि थप गोल नहुँदा युभेन्टस विजयी भएको हो।
सिरी ‘ए’ मा अपराजित रहेको युभेन्टसको यिो लगातार नवौं जित हो। युभेन्टसले दुई बराबरी खेलेको छ। जितसँगै युभेन्टस ११ खेलबाट २९ अंक जोडेर शीर्षस्थानमा छ। पराजित टोरिनो ११ अंकसहित १३ औं स्थानमा छ।