काठमाडौं– काठमाडौंको कमलपोखरीमा रहेको कुमारी हल भोली (सोमबार) देखि बन्द हुने भएको छ। हल करिब एक महिनाका लागि बन्द हुन लागेको बुझिएको छ।
क्यूएफएक्स चेन अन्तर्गतकाे कुमारी हल दर्शकहरुको उच्च चाप हुने हल हो। कुमारी हल नेपाली चलचित्रको प्रिमियरका लागि पनि विशेष मानिन्छ। अझैँ भन्ने हो भने नेपाली चलचित्रको शेयर समेत कुमारी हलबाट राम्रो आउने गरेको छ।
हल मर्मतका लागि हल बन्द गर्न लागिएको हो। हलको ट्वाइटेल र सिटहरु मर्मत गर्ने तयारी गरिएको छ। हल बन्द हुने भएपछि भोलीबाट प्रदर्शनरत चलचित्रको शोज समेत हटाइएको छ। यसले रिलिज भैरहेका केही चलचित्रको व्यापारमा असर पर्ने निश्चित छ।