सिन्धुपाल्चोक : दोलखाको मागेदेउरालीबाट काठमाडौँ आउदै गरेको बस सुकुटेमा दुर्घटना१२ भन्दा बढीको मृत्यु भएको हुनसक्ने आसंका गरेको छ।
बा२ख ७२४५ को बस सुनकोशीमा खसेको डिएसपी माधव काफ्लेले जानकारी दिएका छन्। अहिलेसम्म ५ जनाको शव झिकिएको छ। बसमा ३५ देखि ४० जना सवार रहेको अनुमाले गर्दा १२ भन्दा बढीको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको हो।
दुर्घटनामा मृत्यु भएकाहरूको सनाखत भने भइनसकेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी घाइते हुनेहरुको संख्या यकिन भइसकेको छैन।
बिहान करीब १ बजे भएको दुर्घटनामा तीन महिला र एक बालकसहितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक माधव काफ्लेले बताए। घटनास्थलमा उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ।