एजेन्सी– भिडियो सेयरिङ् एप टिकटकको मातृ कम्पनी बाइट डान्सले नयाँ स्मार्टफोन बजारमा ल्याएको छ। बाइट डान्सले केहि दिनअघि Smartisan Jianguo Pro 3 सार्वजनिक गरेको हो।
यसअघि नै बाइट डान्सले स्मार्टफोन ल्याउने घोषणा गरिसकेको थियो। क्mबचतष्कबल व्ष्बलनगय एचय घ मा केहि आकर्षक विशेषताहरु रहेको बताइएको छ। उक्त फोनमा शक्तिशाली प्रोसेसरका साथै पछाडिको भागमा ४ वटा मुख्य क्यामरा रहेको छ। यो फोनमा १२ जिबीसम्मको र्याम छ भने २ सय ५६ जिबीको स्टोरेज रहेको छ। साथै फोनमा स्नापड्रागन ८ सय ५५ प्लस प्रोसेसर रहेको बताइएको छ।
फोटोग्राफीका लागि टिकटकको यो फोन उत्कृष्ट रहेको छ। यसमा क्वाड रियर क्यामरा सेटअप रहेको छ। अर्थात् पछाडिको भागमा रहने क्यामराहरु चारवटा रहेका छन्। जसमध्ये ४८ मेगापिक्सेलको प्राइमरी सेन्सरसँगै १३ मेगापिक्सेलको वाइड एंगल क्यामरा, ८ मेगापिक्सेलको टेलिफोटो लेन्स र ५ मेगापिक्सेलको म्याक्रो क्यामरा पनि रहेको छ। त्यस्तै यो स्मार्टफोनमा २० मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ।
४ हजार मिलिएम्पियर आवर क्षेमताको ब्याट्री रहेको यो फोनको ब्याट्रीले क्विक चार्ज फोर प्लस चार्जिङ सपोर्ट गर्दछ। सेतो र कालो रङमा उपलब्ध यो फोन हाल चिनिया बजारका लागि मात्र लञ्च गरिएको हो। चीनमो यो फोनको सुरुवाती मूल्य २८ सय ९९ युआन तोकिएको छ। जुन करीब ४५ हजार नेपाली रुपैयाँ हुन्छ।