एजेन्सी— अब फेसबुक र इन्स्टाग्राममा भान्टा र आरुको इमोजी प्रयोग गर्न पाइने छैन।
फेसबुक तथा इन्स्टाग्रामले सामाजिक मर्यादा सम्बन्धी आफ्नो मापदण्डमा परिवर्तन गर्दै भान्टा र आरुको इमोजीमा प्रतिबन्ध लगाएको हो।
कतिपय इमोजीहरुलाई प्रतीकात्मकरुपले सेक्सुअल प्रतिनिधित्वका लागि प्रयोग गर्ने गरिएकोमा पोर्न विरोधी नीतिलाई मजबुत गर्ने क्रममा फेसबुकले यस्ता इमोजीमाथि प्रतिबन्ध लगाएको बताइएको छ।
भान्टा तथा आरुको आकारले पनि अश्लीलता प्रवद्र्धन गरेको ठहर सहित फेसबुकले यस्तो कदम चालेको हो। फेसबुक तथा इन्स्टाग्रामले आफ्नो प्लाटर्फमलाई यस्ता यौनिक सेक्सुअल इमोजी वा इमोजी स्ट्रिग्स सामाग्रीबाट मुक्त गर्न चाहन्छ।